मुम्बई विमानस्थल बिस्फोट गराउने धम्की


 


मुम्बई । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विस्फोट गराउने धम्की प्राप्त भएको छ ।

यो धम्की बिहीबार इमेलमार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्‍वाइनमा एक मिलियन डलर दिनुपर्ने माग गरिएको थियो । बिटक्‍वाइन

यस विषयमा मुम्बई पुलिसले भन्यो- ‘नगर प्रहरीले इमेल आईडी([email protected]) प्रयोग गरेर धम्कीपूर्ण मेल पठाएकोमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।’ प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड (एमआईएएल) को फिडब्याक इन्बक्समा पठाइएको थियो ।

धम्की दिने इमेलमा लेखिएको थियो, विषयः ब्लास्ट।

‘यो तपाईंको एयरपोर्टको लागि अन्तिम चेतावनी हो । यदि ४१ मिलियन बिटक्‍वाइन ठेगानामा ट्रान्सफर गरिएन भने हामी ४८ घण्टा भित्र टर्मिनल २ उडाउनेछौँ । एक अर्को अलर्ट २४ घण्टापछि आउनेछ।’

हाल प्रहरीले भारतीय दण्डसंहिता (आईपीसी) को धारा ३८५ अन्तर्गत मुद्दा दायर गरेको छ ।

विषयको गम्भीरतालाई मध्यनजर गर्दै विमानस्थल र आसपासको सुरक्षा व्यवस्था बढाइएको छ । यससँगै पुलिसले आइपी ठेगाना पत्ता लगाएको छ, जसबाट यो धम्कीपूर्ण इमेल पठाइएको थियो । अहिले धम्की दिने इमेल पठाउने व्यक्तिको पहिचान गर्न प्रहरी व्यस्त छ । यसअघि पनि मुम्बई पुलिसलाई धेरै धम्कीपूर्ण कलहरू आएका थिए ।

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्