दुर्गा प्रसाईंको आन्दोलनलाई कमल थापाको समर्थन, भने – जनलहरको उच्च सम्मान गर्दछु


 


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समर्थन गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक प्रसाईंले बिहीबारदेखि काठमाडौंमा ‘ब्यवस्था विरोधी’ आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष थापालेले समर्थन गरेका हुन ।

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’थापाले भनेका छन्, ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म सदभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछु।’

बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको उनले बताए । घाइतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत उनले गरे ।

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्