नबिल बैंककाे लाभांश घोषणा


 


काठमाडौं, मंसिर ७
नबिल बैंकले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक सेयर बोनस नदिने भएको छ । यसअघि गत आर्थिक वर्ष बैंकले ३० प्रतिशत लाभांश प्रदान गरेको थियो ।

नबिलले साविकको नेपाल बंगलादेश बैंकलाई गाभेपश्चात बढेको चुक्ता पूँजी र निक्षेपअनुसार आम्दानी तथा नाफा बढ्न नसक्दा लाभांश क्षमता घटेको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्