सबैभन्दा बढी आयकर तिर्ने रेमिट्यान्स बन्यो आईएमई
काठमाडौं, मंसिर ७
समग्र रेमिट्यान्स कम्पनीहरू मध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आईएमईलाई सम्मानित गरेका हुन् ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिट्यान्स तर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।
प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार