काठमाडौंमा आज युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन, उच्च सुरक्षा सतर्कता


 


काठमाडौं । काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुने र प्रसाईंको नेतृत्वमा बल्खुमा प्रदर्शन हुन लागेको हो । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् ।

माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो । यस्तै प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

काठमाडौं उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाण्डौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्