नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि निरन्तर सुनुवाइ


 


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको आरोपविरुद्धको मुद्दामा आजबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।

कानुनी निरूपण क्रममा अहिलेसम्मकै गम्भीर र राज्य तहका वरिष्ठ पदाधिकारी संलग्न यो मुद्दामा बहस गर्नका लागि प्रतिवादीहरूका तर्फबाट ६० भन्दा बढी कानुन व्यवसायी रहेका कारण मंगलबारबाट निरन्तर सुनुवाइको तालिका तय भएको हो  ।

झन्डै ६ महिनायता सुन्धारा तथा नख्खुस्थित कारागारमा पुर्पक्ष थुनामा रहेका १६ प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । उक्त मुद्दाको सुनुवाइपछि काठमाडौं जिल्ला अदालतले गत असार १ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको उक्त फैसलालाई ‘बेरीतको आदेश बदर गरी तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाऊँ’ भन्दै उच्च अदालतमा अभियुक्त सबैले गत साउन १२ मा पुनरावेदन दिएका थिए ।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्