नेपाल एसबीआई बैंकद्वारा लाभांश घोषणा


 


काठमाडौं, मंसिर ४ । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ ।

मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त लाभांशमध्ये ३.७५ प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोगसहित) रहेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्