माग पूरा नभए २९ मंसिरबाट सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी
काठमाडौं, मंसिर ३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा गोविन्द केसीले माग प२रा नभए यही मंसिर ू९ गतेदेखि सत्याग्रह गर्ने चतावनी दिएका छ् ।
डा। केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसीमका विषयमा जानकारी गराएका छन् । उनले २८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराए ।
यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका थिए ।
डा केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका छन् ।
यस्तै, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्नुपर्ने लगायतका माग राख्दै अाएका छन् ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार