विश्वकप फाइनल हेर्न अहमदाबाद भरिभराउ, होटल र हवाई भाडा १० गुणा बढी
एजेन्सी । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारत र अस्ट्रेलियाबीच हुने विश्वकप फाइनल २०२३ को फाइन हेर्नका लागि मानिसहरु अहदाबादमा पुग्न थालेका छन् । जसले गर्दा अहिले अहमदाबादका होटलहरू भरिकाउ छन् भने हवाई भाडा पनि ह्वात्तै बढेको छ ।
अहमदाबाद र वरपरका सहरहरूमा पाँच, तीन तारे र अन्य होटेलहरूमा कोठाको माग बढिरहेको छ। यसको क्रेज यति बढेको छ कि आइतबार रातिको पाँच तारे होटलको भाडा १० देखि ११ हजार रुपैयाँको सट्टा तीन लाख भारतीय रुपैयाँ पुगेको छ ।
दिल्लीदेखि अहमदाबाद दिल्लीको हवाई टिकट ७९ हजार ७६१ रुपैयाँ भारु पुगेको छ । नोभेम्बर १९ का लागि सबै एयरलाइन्सको उडान टिकटको मूल्य धेरै गुणा बढेको हो । इन्डिगोको दिल्लीदेखि अहमदाबादको फिर्ताको हवाई टिकट ७९,७६१ रुपैयाँ छ।
यो सामान्य दिनको उडान टिकटको तुलनामा १० गुणाले बढेको छ । दिल्ली, मुम्बई, बेंगलुरु र कोलकातादेखि अहमदाबाद रुटमा दुवैतर्फको भाडा ३५ हजारदेखि ८० हजार रुपैयाँसम्म रहेको छ ।
प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार