विश्वकप छनोट : नेपाल यूएईसँग ४–० गोलले पराजित
काठमाडौं । फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।
गए राति अल मकतुम स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलले पराजित भएको हो ।
यूएईले पहिलो हाफमा नै ४ गोल गर्यो । यूएईका लागि कप्तान अली मब्खउटले २ तथा खलिफा मुबारक र फाबियो लिमाले १/१ गोल गरे ।
नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।
नेपाल रहेको समूह ुएचु मा यमन, यूएई र बहराइन छन् ।
प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार