विदेश पढ्न जाने नाममा तीन महिनामा बाहिरियो ३३ अर्ब


 


काठमाडौँ, कार्तिक २४ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक शिक्षाका नाममा झण्डै ३३ अर्ब रुपैयाँ बाहिरिएको छ ।

आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको सरकारले वैदेशिक शिक्षा खर्चतर्फ यसै अवधिमा ३२ अर्ब ९२ करोड रुपैयाँ गुमाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।

यस अवधिमा सरकारलाई सेवा आयतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्