एभरेष्ट बैंकद्वारा भूकम्प पीडितहरुलाई २५ लाख सहयोग
काठमाडौँ, कार्तिक २२ । एभरेष्ट बैंक लिमिटेडले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट प्रभावितहरुका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो ।
उक्त रकमबाट भूकम्प प्रभावितहरुको राहत र उद्धारमा केही सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार