नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग


 


काठमाडौं, कार्तिक २२ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरूको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने बताएको छ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्