विश्वकप : सेमिफाइनलका लागि चार टोलीको संघर्ष, कसको सम्भावना कति ?
एजेन्सी । भारतमा जारी आइसिसी विश्वकप २०२३ मा सेमिफाइनलको एक स्थानका लागि चार टोली संघर्षमा छन् ।
विश्वकपमा भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुग्दा अब एक टोलीको मात्रै सेमफाइनलमा स्थान छ । एक स्थानका लागि चार टोली प्रतिस्पर्धामा छन् ।
अहिलेसम्म भारत, साउथ अफ्रिका र अस्टे«लिया सेमिफाइनलमा पुगिसकेका छन् । भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ ।
दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।
अष्ट्रेलिया ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।
अव न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र नेदरल्यान्ड्स मध्य एक टोलीले सेमिफाइनल खेल्नेछन् ।
यी तीन टोलीमध्ये न्युजल्याण्डलाई सेमिफाइनलमा पुग्न सहज छ । आठ खेलमा चार जित सहित आठ अंकका साथ न्युजल्याण्ड चौथो स्थानमा छ । अन्य टोलीको भन्दा न्युजिल्यान्डको नेटरनरेट राम्रो छ ।
न्युजिल्यान्डले अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा १० अंकमा पुग्नेछ । न्युजिल्यान्डको नेटरनरेट ०।९८ छ । न्युजिल्यान्ड अन्तिम खेलमा विजयी हुनुपर्छ । विजयी फराकिलो हुँदा सहज रुपमा सेमिफाइनलमा पुग्न सक्छ ।
अझ पाकिस्तान र अफगानिस्तान अन्तिम खेलमा पराजित भएमा नेटरनरेटको कुनै झन्झट हुनेछैन ।
पाकिस्तान ८ खेलमा चार खेल जितेर ८ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।
पाकिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा फराकिलो जित हात पार्नुपर्छ । अथवा अफगानिस्तान र न्युजिल्यान्ड अन्तिम खेलमा पराजित हुँदा पाकिस्तानलाई जित पर्याप्त हुनेछ । जित मात्रै भने पर्याप्त हुनेछैन । बिहीबार न्युजिल्यान्डको नतिजापछि पाकिस्तानको सम्भावना देखिनेछ ।
अफगानिस्तान ८ खेलमा चारमा जितसहित ८ अंकका साथ छैटौं स्थानमा छ । अफगानिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराउनु पर्छ ।
अफगानिस्तानको नेटरनरेट माइनस ०।३३८ छ । सामान्य जितले मात्रै अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्दैन । फराकिलो जित हात पार्नुपर्छ । अथवा पाकिस्तान र न्युजिल्यान्ड अन्तिम खेलमा पराजित भएमा अफगानिस्तानलाई सेमिफाइनल खेल्न जित पर्याप्त हुनेछ ।
नेदरल्यान्ड्स ७ खेलमा २ मा जितसहित ४ अंकका साथ नवौं स्थानमा छ । नेदरल्यान्ड्सले बाँकी दुई खेल भारत र इंग्ल्यान्डसँग खेल्नेछ । यी दुबै खेलमा विजयी भएमा नेदरल्यान्ड्स ८ अंकमा पुग्नेछ ।
तर सेमिफाइनलमा पुग्न अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डले अन्तिम खेलमा सबैले हार्नुपर्छ ।
अन्तिम खेलमा यी तीन टोलीले फराकिलो हार ब्यहोरेको खण्डमा र उता नेदरल्यान्ड्सले दुबै खेलमा विशाल जित हात पार्न सके चार टोलीको ८–८ अंक हुनेछ र सेमिफाइनल पुग्नेछ ।
प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार