भूकम्प पिडितका लागि सूर्य नेपालको १ करोड ४० लाख सहयोग
काठमाडाैं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख सहयोग गरेको छ ।
१ करोड रुपैँया प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ साथै ५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रा.लि.ले जानकारी गराएको छ ।
े
प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार