पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट


 


इस्लामावाद । पाकिस्तानी रुपैयाँमा तीव्र गिरावट आएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले ऋण सहयोगको समीक्षा गरिरहेका बेला रुपैयाँमा गिरावट आएको हो ।

डलरको भाउ बढाएर स्थानीय मुद्राको प्रवाह बढाउने केन्द्रिय बैंकको नीतिका कारण यस्तो अवस्था आएको पाकिस्तानका अर्थविदहरुलाई उद्धृत गर्दै डनले जनाएको छ ।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार यसअघि एक अमेरिकी डलर बराबर २ सय ८१ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको पाकिस्तानी रुपैयाँ एक अमेरिकी डलर बराबर २ सय ८२ रुपैयाँ ६५ पैसा पुगेको छ ।

यसबाट पाकिस्तानका आयातकर्ता तथा निर्यातकर्ताहरुमा अनिश्चितता पैदा भएको डनले उल्लेख गरेको छ । यसबाट पाकिस्तानी मुद्राको भविष्यप्रति पनि व्यवसायीहरुमा संशय पैदा भएको जनाइएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्