नेको इन्स्योरेन्सद्धारा भूकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण


 


काठमाडौं । नेको इन्स्योरेन्सले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

इन्स्योरेन्सका अनुसार सोमबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कार्यालय परिसरमा स्थानीय प्रभावित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । इन्स्योरेन्सले कम्बल र अत्यावश्यक औषधि वितरण गरेको हो।

यसैगरी जाजरकोटमा पनि भूकम्प पीडित परिवारलाई कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राहत सामाग्री वितरण गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशाेक खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्