भारतसंगको लज्जास्पद हारपछि श्रीलंका सरकारद्वारा क्रिकेट बोर्ड निलम्बन


 


एजेन्सी । आइसिसी विश्वकप २०२३ मा भारतसँग ५५ रनमा अल आउट हुँदै लज्जास्पद हार व्यहोरेपछि त्यहाँको सरकारले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ ।

श्रीलंका खेलकुद मन्त्री रोशन रणसिंघेले बोर्ड समितिलाई निलम्बन गर्दै अन्तरिम समिति गठन गरेका हुन् ।

उनले शाम्मी सिल्भा अध्यक्ष रहेको बोर्डलाई निलम्बन गर्दै अर्जुना रातुङ्गालाई अन्तरिम समितिको अध्यक्षको जिम्मेवारी दिएका छन् ।
सिल्भाको कार्यकाल २०२५ सम्म रहेको थियो । सिल्भाको समितिलाई निलम्बन गर्दै अर्जुनाको नेतृत्वमा ७ सदस्य नयाँ अन्तरिम समिति समेत गठन गरेका हुन् ।

गत विहीबार जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका भारतसँग ५५ रनमा अल आउट भएको थियो । उक्त हारपछि श्रीलंका क्रिकेट बोर्डको अफिस अगाडि समर्थकले नाराबाजी गरेका थिए ।

सरकारले सिंधै हस्तक्षेप गरेको हुँदा श्रीलंका क्रिकेट बोर्डलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले निलम्बन गर्ने सम्भावना बढेको छ । आइसिसीले क्रिकेटलाई राजनीतिबाट टाढा राख्न कडा कदम चाल्दै आएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्