क्रिकेट इतिहासमै पहिलो पटक तरिकाले आउट भए खेलाडी


 


काठमाडौँ, कार्तिक २० । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सोमबार श्रीलंकाली ब्याट्सम्यानलाई नयाँ तरिकाले आउट दिइएको छ ।

आईसीसी एकदिवसीय विश्वकपको दिल्लीस्थित अरुण जुट्ली स्टेडियममा सोमबार खेलिएको बंगलादेश र श्रीलंकाबिचको खेलका क्रममा एम्पाएरले एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ नियममा रहेर आउट दिएका हुन् ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानलाई यस्तो आउट दिइएको थिएन ।

श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविरा आउट भएपछि अर्को ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न विलम्ब गरेकाले उनलाई पनि आउट दिइएको हो ।

आईसीसीको नियमअनुसार, एउटा ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यान मैदानभित्र प्रवेश गरिसक्नु पर्ने हुन्छ । त्योभन्दा ढिलो मैदान प्रवेश गर्ने ब्याट्सम्यानलाई टाइम आउट दिइन्छ । सोही प्रावधान अनुसार म्याथ्युजलाई आउट दिइएको हो ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्