त्रिविका शिक्षाध्यक्ष भुसाल बने कार्यवाहक उपकुलपति


 


काठमाडौं, कार्तिक २० । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि यही कात्तिक १६ गते सकिएपछि भुसाललाई उपकुलपतिको पदपूर्ति नभएपसम्मको लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति गर्नुपर्ने हुन्छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारीमा दिएको त्रिविले जनाएको छ ।

विश्वविद्यालय ऐनअनुसार भुसाल बढीमा तीन महिना उपकुलपतिको जिम्मेवारीमा रहन पाउनेछन्।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्