भारतको दिल्लीमा वायु प्रदूषण घटेन, थप एक हप्ता विद्यालय बन्द


 


काठमाडौं । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढाइएको छ ।

गएको शुक्रबारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको हो ।

दिल्ली राज्यका शिक्षामन्त्री आतिशीलका अनुसार विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ ।

अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्