गुलशन बने सर्वोत्कृष्ट खेलाडी, मोटरसाइकल पाउने


 


काठमाडौं, कार्तिक १९ । नेपालका तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल फाइनलमा सुपर ओभरमा पराजित भएपनि गुलशनले उक्त अवार्ड पाएका हुन् ।

गुलशनले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १÷१ विकेट लिएका थिए ।

सर्वोत्कृष्ट वापत गुलशनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् । ओमानका बिलाल खान प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए ।

नेपालका कुशल भुर्तेल प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा १ अर्धशतकसहित कुल १ सय ८५ रन बनाएका थिए । नेपाल सुपर ओभरमा फाइनलमा ओमानसँग पराजित भएको छ । नेपाल र ओमानले २०२४ को टि२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्