३४ औं राष्ट्रिय भलिबल सुर्खेतमा हुने


 


काठमाडौं, कार्तिक १८ । कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुनेभएको भएको छ।

पुरुष भलिबलको ३४ औं संस्करण पुस २० देखि २५ गतेसम्ममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने नेपाल भलिबल संघले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको ह।

संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग ९त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपिएफ० गरि १० टोलीको‌ सहभागिता रहने छ ।

२०५५ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिता सुर्खेतमा भएको थियो ।

त्यसयता पहिलो पटक राष्ट्रिय भलिबल हुन लागेको कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष इश्वरबहादुर शाहीले जानकारी दिए।

प्रतियोगिता सहभागी खेलाडी, अफिसियलहरुको सम्पूर्ण खर्च कर्णालीले व्यवस्थापन गर्ने छ । प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ५० र तेस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

विधागततर्फका उत्कृष्टले समान ५ हजार र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्