भूकम्पमा परी ज्यान गुमाएकाप्रति भारतद्वारा दु:ख व्यक्त
काठमाडाैं । भारतले जाजरकाेट र रूकुम पश्चिममा गएकाे भूकम्पमा परी ज्यान गुमाएकाे घटनाप्रति दु:ख व्यक्त गरेकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भूकम्पमा परी ज्यान गुमाएकाप्रति दु:ख व्यक्त गरेका हुन्।
ट्वीटरमा भनिएकाे छ, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र हर सम्भव सहयोग गर्न तयार छ। हाम्रो सम्वेदना शोकसन्तप्त परिवारकाे साथमा छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। @cmprachanda’
जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
Deeply saddened by loss of lives and damage due to the earthquake in Nepal. India stands in solidarity with the people of Nepal and is ready to extend all possible assistance. Our thoughts are with the bereaved families and we wish the injured a quick recovery. @cmprachanda
— Narendra Modi (@narendramodi) November 4, 2023
प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार