भूकम्पमा परी मर्नेको संख्या १२३ पुग्यो


 


काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी मृत्यु हुनेकने संख्या १२३ जना पुगेको छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार जाजरकोट र रुकुम पश्चिममा गरी १२३ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण संकलन हुँदैछ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । प्रहरीका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ।

जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्