स्वास्थ्यकर्मी र औषधि लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ गए प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेका हुन् ।

हेलिकप्टरमा औषधीसहित र डाक्टरहरू पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्रभावित क्षेत्रमा गएका छन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।

भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी आज बिहानसम्म ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्