मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई राष्ट्रसंघको आग्रह


 


बेइजिङ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि मेरी ललोरले मानव अधिकारकर्मी गुओ फेइसिओङलाई तत्काल रिहा गर्न चीनसमक्ष आग्रह गरेकी छिन् ।

ललोरले फेइसिओङको स्वास्थ्य बिग्रिँदै गएका कारण उनलाई तत्काल रिहा गर्न चीनसमक्ष आग्रह गरेकी हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मानवीयताका आधारमा फेइसिओङलाई रिहा गर्न आग्रह गरिएको हो । उनले सन् २००६ यता फेइसिओङको रिहाइका लागि चीनलाई १० पटक जरुसी सूचना पठाएको जानकारी दिइन् ।

उनलाई सन् २००५ देखि १३ वर्षसम्म बन्दी बनाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्लो पटक उनलाई सन् २०२१ मा पक्राउ गरिएको थियो । उनलाई राज्यशक्तिको विनाश गरेको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको छ ।

उनले आफ्नो पक्राउको विरोधमा भोक हड्ताल थालेको जनाइएको छ । भोक हड्तालका कारण उनको स्वास्थ्यमा प्रतिकूल असर परेको र उनको तौल पनि घटेको ललोरले बताइन् ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्