युवा संघद्वारा सरकारको विरोधमा काठमाडौंमा प्रदर्शन
काठमाडौँ, कार्तिक १७ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारको विरोधमा आज (शुक्रबार) काठमाडौंमा प्रदर्शन गरेको छ ।
संघका नेता कार्यकर्ताहरुले काठमाडौंको बिजुलीबजारदेखि बानेश्वर क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध नारा लगाउँदै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार