काठमाडौँ महानगरका सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गरिँदै
काठमाडौँ, कार्तिक १ठ । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ ।
महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्नका लागि दरखास्त आह्वान गरेको छ ।
पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।
महानगरले आधारभूत तह ९१–५० का लागि ६ जना, आधारभूत तह ९१–८० का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
महानगरले मंसिर १ गतेसम्म इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । प्रधानाध्यापकका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
माध्यमिक तहका लागि दुई हजार, आधारभूत ९१–८० तहको लागि एक हजार ५०० र आधारभूत तह ९१–५० का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ ।
महानगरले स्रोत शिक्षकका लागि समेत दरखास्त आह्वान गरेको छ । स्रोत शिक्षक व्यवस्थापन कार्यविधि २०८० अनुसार ११ जना स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
महानगरले २ जना अंग्रेजी विषय, २ जना नेपाली, ३ जना गणित, २२ जना सामाजिक र विज्ञान विषयको स्रोत शिक्षकको माग गरेको हो ।
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार