आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौँ, कार्तिक १७ । देशभर आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
सरकारको वार्षिक कार्यक्रम अन्तर्गत ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने गरिन्छ । यसै कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।
६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।
देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ भने जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार