पावर प्लेमा नेपालले तीन विकेट गुमायो


 


काठमाडौं, कार्तिक १६ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानविरुद्ध पावर प्लेमा ३ विकेट गुमाएको छ ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल ३ र कुशल मल्ल क्रिजमा छन् । आसिफ खानले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए ।

दोस्रो ओभरको चौथो बलमा आसिफको बल मेहरान खानले क्याच छाड्न पुगेका थिए । तर आसिफ अर्को ओभरको पहिलो बलमा बिलाल खानको बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

सोमपालले चौथो ओभरको पाँचौं बलमा ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । कल्लिमुल्लाहको बलमा कश्याप प्रजापतिले फाइनल लेगमा क्याच छाड्न पुगेका थिए ।

स्पिनर सकिल अहमदको पाँचौं ओभरको पाँचौं बलमा सोमपाल कामी १२ रनमा एक्स्ट्रा कभरमा अकिब इलियासबाट क्याच आउट भए । सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए ।

मेहरान खानको छैटौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल बोल्ड आउट भए । लेग साइडको बल गाइड गर्ने धुनमा मिस हुँदा बोल्ड भएका थिए । कुशलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्