चीनमा विकराल बन्दै युवा बेरोजगारीको समस्या


 


बेइजिङ । चीनमा युवा बेरोजगारीको समस्या अझ विकराल बन्दै गएको पाइएको छ । च्यनल न्यूज एसियाले जनाएअनुसार चीनमा युवा बेरोजगारीको समस्याले संकटकै रुप लिइसकेको छ ।

चीनमा युवा बेरोजगारी २१ दशमलब ३ प्रतिशत पुगेको छ । उच्च युवा बेरोजगारीले अन्य मुलुकको अर्थतन्त्र र भूराजनीतिक सम्बन्धमा पनि असर पार्ने जोखिम रहेको छ ।

समाजको अपेक्षा र सरकारी नीतिका कारण चीनमा युवा बेरोजगारीलाई जटिल समस्याका रुपमा हेरिएको छ । चीनको हुको प्रणालीअनुसार चीनमा कुनै परिवारको बसोबास र उनीहरुले प्राप्त गर्ने सार्वजनिक सेवाबारे निश्चित मापदण्ड रहेको छ ।

यसअनुसार कुनै परिवारले दर्ता गरेपछि सरकारी निकायले बसोबास र रोजगारीको निर्धारण गर्छन् । यस प्रणालीले ग्रामीण क्षेत्रमा रहेका मानिसहरुलाई सहरी क्षेत्रमा रोजगारीको अवसरबाट बञ्चित गरिन्छ ।

सात वर्षअघि मात्रै खारेज गरिएको एक सन्तान नीतिअनुसार घरमा एक्लो सन्तान हुँदा परिवार र समाजको अपेक्षा पनि बढी हुने भएकाले पनि चिनियाँ युवाहरुमा मानसिक दबाब बढी हुने च्यानल न्यूज एसियाले जनाएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्