राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ ।

बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्