आज कार्तिक १६ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल कार्तिक १६ गते बिहिबारको राशिफल ।

मेष

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

मिथुन

आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

सिंह

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

तुला

आज पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

धनु

जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कुम्भ

शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

बृष

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

कर्कट

झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कन्या

आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

बृश्चिक

आजको दिन मध्यम नै रहनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वैदेशिक कार्य पनि ढिलाइ होला ।

मकर

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभ यात्राको योग पनि छ ।

मीन

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्