क्यानडाले चिनियाँ एप विच्याट प्रयोगमा प्रतिबन्ध लगायो


 


काठमाडौं । क्यानडाले चिनियाँ एप विच्याट प्रयोगमा प्रतिबन्ध लगाएको छ । विच्याटको प्रयोग सुरक्षित नभएको र प्रयोगकर्ताको गोपनियतामा गम्भीर असर गर्न सक्ने भन्दै क्यानडाले सरकारी उपकरणहरुमा विच्याट एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

प्रयोगकर्तामाथि विच्याट एपले जासुसी गर्न सक्ने भन्दै पछिल्लो समय पश्चिमा मुलुकहरुले विच्याटको प्रयोग गर्न छोडेका छन् । यसो त अमेरिका, क्यानडा लगायतका देशहरुले यसअघि नै टिकटममाथि प्रतिबन्ध लगाइसकेका छन् ।

‘एभ्रिथिंग एप’ पनि भनिने विच्याटमा ह्वाट्सएप, फेसबुक, अमेज र टिन्डरजस्ता सबै सुविधा उपलब्ध छन् । खासगरी चीनमा अत्याधिक प्रयोग हुने यो एप दक्षिणपूर्व एसिया र चिनियाँ डायस्पोरा समुदायमा लोकप्रिय छ ।

विच्याट संसारमा सबैभन्दा धेरै प्रयोग हुने एपहरुमध्ये एक हो । तर, पछिल्लो समय विच्याटको विश्वसनियतामाथि प्रश्न गर्दै विभिन्न देशहरुले यो एपमा प्रतिबन्ध लगाउँदै आएका छन् । क्यानडाले विच्याटमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वय हुने बताइएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्