फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने निश्चित


 


एजेन्सी – फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने निश्चित भएको छ ।

विश्वकप आयोजना गर्नका लागि साउदीको मात्र आधिकारीक दावी प्रस्तुत गरेपछि विश्वकप साउदीले आयोजना गर्ने पक्का भएको हो । अस्ट्रेलियाले अन्तिममा दाबी गरेन ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राम मार्फत यस बारे पक्का गरेका हुन् । ‘फुटबलले विश्वलाई अन्य कुनै खेलजस्तो एकतावद्ध गर्दछ, विश्वकप एकता र समावेशीकरणको सन्देशको लागि उत्कृष्ट माध्यम हो’ उनले लेखेका छन् ।

कुनै भोटिङ वा दोस्रो दावी नभएतापनि उनले साउदीले विश्वकप आयोजना गर्ने निर्णय रचनात्मक संवाद र व्यापक परामर्शका साथ गरिएको बताएका छन्।

२०२२ मा कतारमा भएको विश्वकप जस्तै नोभेम्बर महिनामा २०३४ को विश्वकप हुने धेरैले आँकलन समेत गर्न थालिसकेका छन्।

२०२६को विश्वकप क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ। यस्तै २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने छ।

यसका साथै विश्वकप सुरुवात भएको १०० वर्ष मनाउन २०३० संस्करणमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पहिलो तीन खेल हुने समेत फिफाले जनाएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्