माओवादी केन्द्रीय सदस्य विश्वकर्मा एमाले प्रवेश


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन् ।

पुर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।

उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे।

उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन्।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्