बारा हत्या प्रकरण : प्रिन्सिपल सर्राफको हत्यामा संलग्नलाई आज सार्वजनिक गर्दै प्रहरी


 


बारा । बाराका प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल सर्राफको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हत्यामा संलग्न भएको आशंकामा अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरिएको छ ।

सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ।

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्