आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव


 


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्