युएई बहराइनसँग ५ विकेटले पराजित
काठमाडौं, कात्तिक १३ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा यूएईले बहराइनलाई ५ विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
जितको लागि पाएको १३६ रनको विजयी लक्ष्य यूएईले १८।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईका लागि युवा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नटआउट रहे । बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा अविजित रहे ।
ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए ।
प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार