दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका सबै खेल गुमाउने
काठमाडौं कार्तिक १३ । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसिया क्षेत्र छनोटका सबै खेल गुमाउने देखिएको छ ।
सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेपछि उनले खेल गुमाउने सम्भावना बढेको हो । उनले आज पनि सिंगापुरको खेल पनि गुमाए । उनको ठाउँमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।
ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।
ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए । नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार