एभरेष्ट बैंकद्धारा रत्नराज्य माविमा खानेपानीको प्लान्ट सञ्चालन


 


काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले बानेश्वर महादेवस्थान काठमाडौंस्थित रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको छ ।

बैंकले रत्नराज्य माध्यामिक विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को सुखद उपलक्ष्यमा शुभकामना आदनप्रदान, भेटघाट एवं चियापान कार्यक्रममा २७ सय भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याएको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

पूर्व उप–प्रधानमन्त्री एवं संघीय सांसाद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष सुकुन्दराज अर्याललाई चेक हस्तान्तरण गर्नुभयो ।

सो कार्यक्रममा बैंककातर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरु रहेका छन् । देशैभरी आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्