यस्तो छ सानिमा बैंककाे दसैं विशेष अफर


 


काठमाडौं । सानिमा बैंकले दसैं विशेष अफर सार्वजनिक गरेको छ । एफवान सफ्ट प्रालिसँगको सहकार्यमा बैंकले सानिमा सजिलो ई-बैंकिङ प्रयोगकर्ताहरुको लागि विशेष योजना ल्याएको हो ।

असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत मोबाइल बैंकिङबाट अधिकतम कारोबार गर्ने १० जना ग्राहक विजेता बन्‍न सक्नेछन् ।

विजेतामध्ये एकजनाले टिभी, एकजनाले रेफ्रिजेरेटर, एकजनाले ओभन, एकजनाले स्मार्ट वाच, दुई जनाले एयर फ्रायर र चार जना ग्राहकहरुले एयर बड्स जित्‍ने बैंकले बताएको छ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले न्यूनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २ हजार रुपैयाँको अन्तरबैंक फन्ड ट्रान्सफर गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले बैंक विभिन्‍न छुट तथा अफरहरु ल्याएको बताएको छ। सानिमा बैंकले देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्