कामना सेवा विकास बैंकको नाफामा उछाल
काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा उछाल आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुदनाफा १ सय ८७ प्रतिशत बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको यसै अवधिमा कामना सेवाले ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्र खुदनाफा गरेको थियो ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुदनाफा ७ करोड ७९ लाख ६० हजार रुपैयाँ बढेको शुक्रबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको वित्तरणयोग्य नाफा २ करोड ५६ लाख रुपैयाँ छ। बैंकको प्रतिसेयर आम्दानी १४.५७ प्रतिशत छ। प्रतिशत सेयर नेटवर्थ १ सय ४७ रुपैयाँ छ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.४८, निक्षेप लागत ९.२०, कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८०.३७, आधारदर ११.७२ र ब्याजदर अन्तर (स्प्रेड) ४.५८ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको सञ्चित कोषको आकार १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकले ५४ अर्ब ८३ करोड रुपैयाँ निक्षेप परिचालन गरि ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार