नेपाल प्रहरीकाे असई र इन्स्पेक्टरमा जागिर खुल्यो


 


काठमाडौं, कात्तिक ३ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीले आज (शुक्रबार) सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो ।

जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

आगामी मंसिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्