फुटबल खेलाडीलाई एन्फाले जनही ५१ हजार दिने


 


काठमाडौं, कार्तिक २ । विश्वकपको एसिया क्षेत्र छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

एन्फा महासचिव किरण राईले खेलाडीहरुलाई बिहीबार नै रकम प्रदान गरिने जानकारी दिए ।

३० असोजमा लाओससँग खेलेर बुधबार राति नेपाली टिम स्वदेश फर्किएको थियो । त्यस क्रममा खेलाडीलाई स्वागत गर्दै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले खेलाडीलाई पुरस्कार घोषणा गरेका हुन् ।

नेपाली टिम पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दैदोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्