सिटिजन्स बैंकका नवनिर्वाचित अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ


 


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका नवनिर्वाचित अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। पाण्डेले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथसँगै औपचारिक रुपमा पदभार र कार्यकाल सुरु भएको छ । बैंक सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभाले अध्यक्षमा निर्वाचित गरेको थियो ।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे प्रमुख लगानीकर्ता पनि हुन् । पाण्डे कसमस सिमेन्टका निर्देशक समेत हुन् । लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे इस्टन कसमसमा पनि निर्देशक छन् ।

इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि सिमेन्ट, औषधिजन्य उत्पादनलगायतका उद्योग र व्यापारमा सक्रिय छन् ।

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्