यूएईले नेपाललाई दियाे प्रतिस्पर्धात्मक १४१ रनको लक्ष्य
काठमाडौं, कार्तिक १ । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल बनाएको हो ।
यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे ।
यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए । कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन बनाए ।
प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार