एभरेष्ट बैंककाे २९औँ वार्षिक साधारणसभा सम्पन्न, २०.५३ प्रतिशत लाभांश पारित


 


काठमाडौं । एभरेष्ट बैंककाे २९औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । साधारण सभाले २०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।

मंगलबार सम्पन्न बैंकको २९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले प्रस्तावित बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्