राष्ट्रिय वाणिज्य बैंककाे चाडपर्व अफर, ब्याज भुक्तानीमा ५ प्रतिशत छुट


 


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वकाे अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बडा दशैंकाे अवसर पारेर बैंकले आरबिबी गज्जब चाडपर्व अफर ल्याएकाे हाे । बैंकले एक सूचना जारी गर्दै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने बताएकाे छ ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने बैंकले जनाएकाे छ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्